Sunday, December 7, 2014

बैंकका प्रमुख कार्यकारीलाई तलव र भत्ता मालामाल, कस्को सुविधा कति ?

नेपालमा सबैभन्दा धेरै तलब सुविधा पाईने क्षेत्र कुन होला ? धेरैको अनुमान हुनसक्छ , एनजीओ र सरकारी जागिर ।
तर, नेपालका बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको मासिक तलब, भत्ता र सुविधा हेर्ने हो भने अरु क्षेत्रका जागिरेहरुको मन खिन्न हुनसक्छ । मेरोलगानी सम्बाददाता हरि गजुरेलको खोज ।

नेपाल राष्ट्र बैंकलाई केन्द्रीय बैंक अर्थात बैंकहरुको पनि बैंक भनिन्छ । केन्द्रीय बैंकका प्रमुख अर्थात गभर्नरको मासिक तलव ७८ हजार रुपैयाँको हाराहारीमा मात्रै रहेको छ । तर, बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले मासिक पाँच लाख देखि १५ लाख रुपैयाँ सम्म बुझ्दै आएका छन ।

कस्को कति तलब ?

बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी तलव लिनेमा ईन्भेष्टमेन्ट बैंकका ज्योति पाँडे देखिएका छन । उनको बार्षिक तलव ८६ लाख ४० हजार रहेको छ भने भत्ता, सञ्चयकोष, दशै खर्च समेत गरी एक करोड ६६ लाख ३७ हजार रुपैयाँ भन्दा माथि पुग्छ ।

बैंकिङ किङ भनेर चिनिने मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहको तलव भत्ता समेत गरी १ करोड ५९ लाख २५ हजारको हाराहारीमा रहेको छ ।
उता,  अनिल शाह नै पहिले प्रमुख कार्यकारी रहेको नबिल वैंकका हालका प्रमुख कार्यकारी अनिल ज्ञवालीको तलव शाहको भन्दा कम छ । अनिल ज्ञवालीले नबिल बैंकबाट एककरोड २० लाख रुपैयाँ तलव, ११ लाख ४० हजार रुपैयाँ भत्ता लिने गरेका छन् । यसबाहेक बैंकले उनलाई थप सुविधा पनि प्रदान गर्ने गरेको देखिएको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले वार्षिक ९६ लाख चार हजार रुपैयाँ तलव भत्ता लिने गरेका छन् । उनले तलव वापत ५० लाख ४० हजार, भत्ता वापत ३३ लाख ६० हजार, दशैं खर्च सात लाख र सञ्चय कोष वापत पाँच लाख चार हजार रुपैयाँ पाउदै आएका छन ।

प्राईम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले तलव वापत ५७ लाख ६० हजार, भत्ता वापत ३८ लाख ४० हजार पाउदै आएका छन । भत्ता ,सञ्चयकोष समेत जोड्दा उनको वार्षिक आय एक करोड ७१ लाख ६५ हजार भन्दा माथि पुग्छ ।

सानिमा बैकका प्रमुख कार्यकारी भुवन दाहालको तलव ८४ लाख ५५ हजार ८ सय सात, संचयकोष तथा भत्ता छ लाख ९५ हजार ६३८ गरी जम्मा ९१ लाख ५१ हजार ४४५ रहेको छ ।
त्यस्तै, कुमारी वैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय ८० लाख ७६ हजार ४सय ७२ रहेको छ । 
लक्ष्मी वैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको तलव भत्ता समेत गरी वार्षिक एक करोड ९ लाख ३० हजार रहेको छ ।

त्यस्तै सिटिजन्स बैंकका मुख्य कार्यकारी राजनसिंह भण्डारीको तलव वार्षिक ९६ लाख ६३ हजार ६८० रुपैयाँ छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी किशोर महर्जनले मासिक तलव १२ लाख रुपैयाँ बुझ्ने गरेकामा अरु सुविधा जोड्दा उनले वार्षिक एक करोड ४४ लाख रुपैयाँ  बुझ्छन् । त्यसबाहेक बैंकले उनलाई दशैं खर्च, बोनस, सञ्चयकोष सुविधा, गाडी, मेडिकल र दुर्घटना बीमा अलग्गै सुविधा पनि दिएको छ ।

लुम्बिनी बैंकका प्रमुख कार्यकारी शोभनदेव पन्तले तलव भत्ता तथा अन्य सुविधावापत वार्षिक एक करोड १६ लाख १० हजार रुपैयाँ लिने गरेका छन् ।

यस पटक वैंक अफ द ईयर को उपाधी पाएको ग्लोवल आईएमई बैंकका सिइओ रत्नराज बज्राचार्यको तलव भत्ता समेत गरी ९७ लाख ५१ हजार सात सय ७९ रहेको छ ।

उता, बिदेशी साझेदारी रहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी एके आलुवालियाको बार्षिक तलब सुबिधा ६५ लाख ५५ हजार रहेको देखिन्छ । नेपाल एसबीई बैंकका प्रमुख कार्यकारी आलोककुमार शर्माको बार्षिक तलब सुबिधा पनि आकर्षक रहेको छ ।

तल्ला तहकालाई मार

बैंकका प्रमुख कार्यकारी र माथिल्ला तहका कर्मचारीहरुले आकर्षक तलब सुविधा लिए पनि तल्ला तहका कर्मचारीहरु भने निकै कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । कतिपय बैंकले कर्मचारीलाई बढी तलब दिन पर्ने अबस्था देखेपछि बाहिरबाट भाडामा कर्मचारी राख्ने (आउट सोर्सिङ) गर्ने गरेका छन् भने कतिपयले प्रशिक्षार्थी कर्मचारी राखेर खाजा खर्च मात्र दिएर काममा लगाउने गरेका छन् ।
यसरी कर्मचारीलाई आउँट सोर्सिङ गर्दा कर्मचारीलाई बढी सुविधा दिनु नपर्ने, कुनै एउटा कम्पनीसँग सम्झौता गरेर भाडाका कर्मचारीलाई काममा लगाउँदा उनीहरुको सेवा सुविधा र भविष्यमा आईपर्ने उपदान, संचय कोषलगायतका रकमहरु ब्यहोर्न नपर्ने र कुनै समस्या आए सम्बन्धित कम्पनीले नै जिम्मेवारी लिने हुँदा बैंक तथा बित्तीय संस्थाहरुलाई सहज हुने गरेको छ ।

भाडामा राखिएका कर्मचारीहरुले केही समय अघि नबिल बैंकमा अन्य कर्मचारी सरह सेवा सुबिधाको माग गर्दै आन्दोलन समेत गरेका थिए । अर्को तर्फ प्रशिक्षार्थीको रुपमा राखिएका कर्मचारीलाई एक बर्षसम्म काम सिकाएर बढीमा छ हजार पारिश्रमिकमा बल्ल नियुक्त गर्ने गरिएको बताईन्छ ।

राष्ट्र बैंकले पनि केही गर्न सकेन

बैंकका कार्यकारीहरुको  सुविधामा अंकुश लगाउने गरी राष्ट्र बैंकले केही बाध्यकारी कानुनी प्रबन्ध गर्न खोजे पनि त्यो सफल हुन सकेको छैन् ।
राष्ट्र बैंकले हालै प्रस्ताव गरेको बैंक तथा बित्तीय संस्थाहरु सम्बन्धी ऐनको संशोधनमा पनि प्रमुख कार्यकारीहरुको पारिश्रमिक तथा सेवा सुविधामा अंकुश लगाउने बारेमा कुनै प्रावधान नथपिएको बताईन्छ ।

सक्नेले लिने तर्क

बैंकका कार्यकारीहरुको तलब सुविधा बढी भएको भन्ने बारेमा नाम उल्लेख गर्न नचाहने एक बैंकका कार्यकारीको तर्क छ– यो हामी आफैले लिएका हैनौं । हामी यति तलब सुबिधा दिन्छौ भनेर संचालक समितिले नै बोलाए पछि आएका हौं । कसले कति लियो हैन्, बैंकले कति प्रगति गर्यो भन्नेलाई आधार बनाउनुपर्छ ।

अर्का कार्यकारी भन्छन् – राम्रो काम गर्नेले सेवा सुबिधा पनि राम्रै खोज्छन्, जस्ले राम्रो काम गरेर बैंकको प्रगति गर्छ, उस्ले लिनु स्वभाविक हो । यस्ता मामिलामा प्रश्न उठाउनेहरुले बुझ्नुपर्छ, मह काढ्नेले हात अबश्य चाट्छ । अनि बैंकको अबस्था खस्किएर धरासायी भए त्यसको दोषको भारी पनि बोक्नुपर्छ ।

आफ्नो करियर दाउमा राखेर ठूलो जोखिम मोली बैंकलाइ फाईदामा पुर्याउने कामको नेतृत्व प्रमुख कार्यकारीले नै गर्ने हुँदा सेवा सुबिधा लिएको कुरालाई अन्यथा भन्न नमिल्ने तर्क गर्नेहरु पनि छन् ।

बसाइँ सर्नेहरु बढ्न थाले

बैंक संचालक समितिले राम्रा ब्यक्तिहरुलाई प्रमुख कार्यकारी बनिदिन आग्रह गर्दै आकर्षक तलब सुबिधा प्रस्ताव गर्न थालेपछि पछिल्लो समयमा एक बैंकबाट अर्को बैंकमा कार्यकारी प्रमुखहरु बसाइँ सर्ने क्रम पनि बढ्न थालेको छ ।
Mero Lagani

सिभिल बैंकले ७ प्रतिशत बोनस शेयर दिने, ऋण असुलीमा तीब्रता

सिभिल बैंक (CBL) ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ  । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ९ रुपैयाँ कायम गरेको थियो । 
बैंकले प्रबाह गरेको केही कर्जा असुल नभएपछि चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक १७७ प्रतिशतले खुद घाटामा गएको छ । बैंकले धमाधम ऋणीहरुलाई ३५ दिने सूचना जारी गरी भाका नाघेको  ऋण असुली गर्ने प्रक्रिया तीब्र पारेको देखिएको छ ।
Mero Lagani

Friday, December 5, 2014

Reliable Microfinance signs agreement with Civil Capital for the IPO issue

ShareSansar, December 4:

Reliable Microfinance Bittiya Sanstha Limited and Civil Capital Market Limited have signed an agreement for the issue of the primary share to the general public in the near future.

As per agreement, Civil Capital Market will act as an issue manager for the issue of the primary share. Reliable Microfinance Bittiya Sanstha Limited is issuing 1,50,000 units share of Rs 100 face value each. .

The microfinance company is the subsidiary company of Reliable Development bank ltd. and its working area is at Lamjung district.

sharesansar

Standard Chartered to hold its 28th AGM today; 51.50% dividend to be approved

Standard Chartered Bank Nepal Limited (SCB) is convening its 28th annual general meeting (AGM) today. The AGM is schedule to starts at 1:00 PM at Army Officers Club, Bhadrakali, Kathmandu. 


It has already proposed 51.50 percent dividend – 10 percent bonus share and 41.50 percent cash – to its shareholders from the profit it earned in the last fiscal year 2070/71.

The major agendas for the AGM are approval of financial statement of FY 2070/71 and approval of dividend declared by the BOD.

The bank is also set to increase its authorized capital to Rs 3 arba subject to approval from its annual general meeting.

नेपाल बैंकको थप साढे दुई अर्ब रुपैयाँको सेयर स्टकमा सूचीकृत, बजारमा दैनिक कारोबार नहुने

काठमाडौं। सरकारले नेपाल बैंक लिमिटेडमा थप लगानी गरेको करिव साढे दुई अर्ब रुपैयाँको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ।
 
सरकारले विगतमा लगानी गरेको ऋणलाई सेयरमा परिवर्तन गर्ने निर्णयसँगै थप सेयर जारी भएका थिए। तीनै सेयरहरु नेपाल बैंकले सुचिकृत गराएको हो। 
 
वित्तीय क्षेत्र सुधार कार्यक्रमका लागि सरकारले बैंकमा करिव साढे दुई अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो, यही रकम सेयरमा रुपान्तरण गरिएको हो। नेप्सेमा नेपाल बैंकका दुई करोड ४९ लाख ९४ हजार ७८२ कित्ता थप सेयर सुचिकृत भएका हुन्।
 
यो सेयर सरकारका नाममा भएकाले सुचिकृत भएपनि दैनिक कारोबार हुँदैन। सरकारले यो सेयर विदेशी रणनीतिक साझेदारलाई प्रिमियममा बिक्री गर्ने योजना बनाएको छ। 
 
सेयर जारीसँगै बैंकको पुँजी साढे छ अर्बको हाराहारीमा पुगेको छ। 
-bizmandu

सेयर बजार बढ्दो क्रममा, बजार ३.६ अंकले बढ्यो, जलविद्युत् र बैंकिङ समूहमा बृद्धि, बिमा घट्यो

काठमाडौं । बैंकिङ, होटल र जलविद्युत उपसुचक बढेपछि सेयर बजार हरियो भएको छ । साताको अन्तिम कारोबार बिहीबार बजार ३.६ अंकले बढेर ८५३.७६ अंक पुगेको छ । बजार बढे पनि कारोबार रकममा खासै सुधार हुन सकेको छैन । बिहीबार १८ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

सुरुमा बजार सात अंकभन्दा वढीले उचालिएको थियो । पछि क्रमस घटेको हो । बजारमा ११८ वटा कम्पनीको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा वढी जलविद्युत् समूह १३.२१ अंकले वढेको छ । त्यसपछि बैंकिङ ६.८४, होटल ४.५५ र विकास बैंक ०.३५ अंकले बढेको छ ।
 
फाइनान्स, बिमा, उत्पादनमूलक र अन्य सुचक भने घटेका छन् । सबैभन्दा वढी बिमा समूह १८.५३ अंकले घटेको छ । यसपछि उत्पादनमूलक ५.१९, अन्य १.१७ र फाइनान्स ०.१८ अंकले घटेको छ ।
 
सबैभन्दा वढी नबिल बैंकको सेयर मूल्य वढेको छ । नबिलको प्रतिकित्ता ४९ रुपैयाँले मूल्य वढेको छ । यसपद्धि स्वाभलम्वन विकास बैंकको ३०, सगरमाथा इन्स्योरेन्सको २२ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८ रुपैयाँले मूल्य वढेको छ । ५८ वटा कम्पनीको मूल्य वढेर कारोबार भएको छ । 
 
मूल्य घट्नेमा युनिभिर (१००), नेपाल लाइफ (४०), नेशनल लाइफ (३३), नागवेली लघुवित्त विकास बैंक (२९ रुपैयाँ) छन् । कुल ४७ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर छ ।
-bizmandu

मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब लगानी गर्ने, आब्हान गरेको एकसातामै हजार भन्दा बढीको आबेदन

मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब रकम परिचालन गर्ने भएको छ ।
मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले मेरोलगानी डटकमसँग कुरा गर्दै आफ्नो बैंकले शेयर धितोमा कर्जा प्रबाह बढाउने रणनीति अनुरुप ठूलो रकम परिचालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले बैंकले शेयर धितो कर्जाका लागि सार्वजनिक आब्हान गरेको एक सातामै एक हजार भन्दा बढी लगानीकर्ताले आबेदन गरिसकेको बताउनुभयो । शाहले धेरै लगानीकर्ताले शेयर प्रमाण पत्र धितो राखेर कर्जा लिई फेरि शेयर बजारमै लगानी थप्ने बताएको पनि उल्लेख गर्नुभयो । पूँजी बजारमा कर्जाको माग बढ्न थालेकाले  बजारको वियरिस प्रबृत्ति सुधारमा पनि सहयोग पुग्ने देखिएको छ । 

मेगा बैंकले बार्षिक ८.५ प्रतिशत ब्याज दरमा १८० दिनको औसत शेयर मूल्यको ५० प्रतिशत रकम शेयर कर्जामा दिने जनाएको छ । यस्तो कर्जामा सेवा शुल्क १ प्रतिशतमा एक लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म कर्जा प्रबाह गर्ने भएको छ ।

मेगा बैंकका प्रमुख कार्यकारी शाहसँगको अन्तर्वार्ता बिहीबार मेरोलगानी डटकममा हेर्नुहोला ।
Hari Gajurel 
Dec 03, 2014