Sunday, November 30, 2014

बैकहरुले अभौतिक शेयर धितोमा अझै ऋण दिन मानेनन्, सनराईज भन्छ–त्यस्तो ब्यवस्था छैन्

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई शेयरका भौतिक प्रमाण पत्र, अभौतिक प्रमाण पत्र वा खाली हस्तान्तरण प्रक्रियामा रहेका शेयरहरु धितो राखेर ऋण प्रबाह गर्न अघिल्लो साता निर्देशन दिए पनि बैंकहरुमा त्यो अझै लागु हुन सकेको छैन् ।
शेयर धितोमा कर्जा माग आब्हान गरेको सनराईज बैंकले अभौतिक शेयर र खाली हस्तान्तरणमा ऋण नदिने बैंकको नीति रहेको स्पष्ट पारेको छ । सनराईजका शेयर कर्जा विभाग प्रमुखले मेरो लगानी डटकमसँग कुरा गर्दै नेपाल स्टक एक्सचेन्जले क बर्गमा बर्गीकरण गरेका कम्पनीहरुको साधारणतर्फको कागजी प्रमाणपत्रको धितोमा मात्र ऋण प्रबाह हुने स्पष्ट पारे । राष्ट्र बैंकले अघिल्लै साता अभौतिक शेयर धितोमा ऋण प्रबाह गर्न निर्देशन दिएको बारेमा सोध्दा उनले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने– हाम्रो बैंकमा त्यस्तो ब्यवस्था छैन् ।

सनराईजले ७.९९ प्रतिशत बार्षिक ब्याज दरमा एक बर्षका लागि शेयरको १ सय ८० दिनको औसत मूल्य वा अन्तिम मूल्यको ६० प्रतिशतसम्म रकम ऋण प्रबाह गरिने जनाएको छ । सेवा शुल्क एक प्रतिशत र प्रक्रियागत शुल्क एकमुष्ठ पाँच हजार रुपैयाँ लिएर ५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रबाह गरिने जनाईएको छ ।

उता, सानिमा बैंकको कर्जा विभागले पनि अभौतिक शेयर प्रमाणपत्र धितो राखेर कर्जा दिने ब्यवस्था अहिलेसम्म नभएको जनाएको छ । सो शाखाका कर्मचारीले हालसम्म भौतिक शेयर प्रमाणपत्रलाई नै आधार मानेर ऋण प्रबाह भईरहेकोमा त्यसमा फेरबदलको संकेत नभएको जनाए ।
राष्ट्र बैंकले आफ्नो सर्कुलरमा भौतिक शेयर प्रमाणलाई धितो राखेर ऋण प्रदान गर्ने ब्यवस्था कायम राख्दै अभौतिक शेयरको हकमा प्रचलित ब्यवस्था बमोजिम धितो बन्धक लिएको प्रमाण लिएर ऋण प्रबाह गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शेयर खरिद रसिद र शेयर दलालको जमानतमा एक बर्ष अवधिका लागि शेयर धितो कजा( बीटी लोन ) दिन पनि रोक नलगाईएको स्पष्ट पारेको छ ।
यसअघि कागजी प्रमाणपत्र वा खाली हस्तान्तरण(बीटी) मा रहेका शेयरहरुको आधारमा मात्र ऋण लिन सकिने ब्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुले नियमनकारी निकायको निर्देशन मान्नु बैंक तथा बित्तीय संस्थाहरुको कर्तब्य भए पनि ऋण लगानी गर्ने बारेमा भने उनीहरु स्वतन्त्र रहेको बताएका छन् । राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले राष्ट्र बैंकले अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बाटो खोलेको हो, कहाँ र कसरी ऋण प्रबाह गर्ने भन्ने बारेमा बैंकहरुले नै निर्णय गर्ने कुरा हो भन्नुभयो ।

बैंकहरुले यसरी अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बारेमा आनाकानी गरिरहेकाले शेयर अभौतिक गराईसकेका कतिपय लगानीकर्ताहरु प्रभावित हुने भएका छन् । सीडीएससीले हालसम्म लगानीकर्ताका २८ लाख कित्ता शेयर अभौतिकीकरण गरिसकेको छ ।

ग्लोबल आईएमईलार्इ बैंक अफ दी इयर अवार्ड, अध्यक्ष ढकाल र सिइअो बज्राचार्यले लण्डनमा लिए सम्मान

काठमाडौं । यस वर्षको बैंक अफ दी अवार्ड ग्लोबल आईएमई बैंकले पाएको छ । बेलायतमा विहीबार यो अवार्ड घोषणा गरिएको हो । 
 
बैंक अफ दी इयरको अवार्ड वित्तीय क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ । लण्डनको फाइनान्सियल टाइम्सको दी व्याङ्करले निश्चित सूचकहरुको विश्लेषणका आधारमा यो अवार्ड घोषणा गर्छ । द बैंकर पत्रिकाको निर्णायक मण्डलले नेपालबाट ग्लोबल आईएमई बैंकलाई यस वर्षको बैक अफ दी ईयरको बिजेता बैकको रुपमा छनौट गरेको हो । 
 
ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्मान ग्रहण गरेका छन् । लन्डनको पार्क लेन स्थित होटल ईन्टरकन्टिनेन्टलमा गत विहीबार द बैंकरद्वारा आयोजित कार्यक्रममा यो सम्मान हस्तान्तरण गरिएको हो । कार्यक्रममा एक सय ३० भन्दा बढि मुलुकका विजेता बैंकका प्रतिनिधिहरु उपस्थित थिए ।

बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको बिश्वमै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको बैंकिङ उपाधि हो । विजेता बैंकको व्यवस्थापन उत्कृष्ठ रहेको, व्यावसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ । 
 
बैंकले हरेक वर्ष व्यवसायिकतामा गुणात्मक सुधार गर्दै गएको छ । बैंक अफ दी इयरको उपाधि पाउने बैंकको सेवामा गुणस्तरीयता छ भन्ने प्रमाणित हुन्छ । 
 
ग्लोबल आईएमईमा गत वर्ष कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएको थियो । ग्लोबलमा पाँच वटा अन्य सस्था मर्ज भइसकेका छन् । चुक्ता पूँजीका आधारमा यो निजीक्षेत्रको एक नम्बरमाको बैंक पर्छ भने सञ्जालका आधारमा दोस्रो स्थानमा छ । गत आर्थिक वर्षमा बैंकले एक अर्व रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यस अघि नेपालबाट स्ट्याणर्डड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशियाले यो अवार्ड जितेका थिए ।
bizmandu

Tuesday, November 25, 2014

नेपाल बंगलादेश बैंकले २२ प्रतिशत लाभांश प्रस्ताव बार्षिक साधारण सभामा लादै, मंसिर २९मा सभा

काठमाडौं। नेपाल बंगलादेश बैंकले मंसिर २९ गते २० औं बार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले १० प्रतिशत बोनस सयर र १२ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा लैजादै छ। 
 
बैंकले दिन लागेको लाभांश पाउँन मसिंर १४ गतेसम बैंकको सेयर स्वामित्व भएको हुनुपर्ने छ। बैंकले मंसिर १५ गते बुक क्लोजको मिति सार्वजनिक गरेको छ। लैनचौर ब्याङ्क्वेटमा हुने सभामा लेखा परिक्षकको नियुक्तिको प्रस्ताव पनि लजादै छ। -bizmandu

बोलकबोलमा बिक्री भएको नबिलको संस्थापक सेयरको बेस रेट राख्ने जिम्मा ब्रोकरलाई, करमा अन्योल

काठमाडौं। बोलकबोल मार्फत् बिक्री भएको नबिल बैंकको संस्थापक सेयरको बानेस सेयर समायोजन पछि कर कट्टिको लागि नेप्सेले बेस रेट निकाल्न नसकेपछि ब्रोकरहरुलाई जिम्मा दिएको छ।
बोलकबोलमा फरक फरक मूल्यमा सेयरको लागि लगानीकर्ताको आवेदन पर्ने भएकोले यस्तो समस्या देखिएको हो। 'बोलकबोलमा लगानीकर्ताले तिरेको मूल्यको रेञ्जको औसत राखेर बोनस समायोजन पछिको बेट रेट निकालिरहेका छौं, एक ब्रोकरले भने, तर हामीलाई यो प्रक्रिया झन्झटिलो भएको छ।' बेस रेटभन्दा बढि मूल्यमा सेयर बिक्री गर्दा लगानीकर्ताले पुँजीगत लाभकर तिनुपर्ने हुन्छ। व्यक्तिगत लगानीकर्तालाई पाँच प्रतिशत र संस्थागत लगानीकर्तालाई १० प्रतिशत लाभकर लाग्छ। यो कर कारोबारको क्रममा नै कटौती हुने व्यवस्था छ।गत बैशाखमा एनआइडीसी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको १० लाख ७६ हजार दुई सय ८१ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत् बिक्री गरेको थियो। लगानीकर्ताहरुले एक हजार दुई ५० देखि एक हजार तीन सय १५ रुपैयाँसम्म तिरेका थिए। बोलकबोलमा बिक्री भएको सेयर पनि पुनः नेप्से मार्फत् उही मूल्य र उही लगानीकर्ता बीच कारोबार गरेर अभिलेखिकरण गरिएको हुन्छ। तर नेप्सेको सफ्टवेयर प्रणालीले किन अभिलेखीकरण हुँदाकै मूल्य लिएर त्यस्ता सेयरको बेस रेट निकाल्न सक्दैन? ती ब्रोकरले प्रश्न गरे। यस्ता समस्याले राज्यले पाँउने राजस्व गुम्ने वा लगानीकर्ताले नपर्ने अवस्थामा पनि कर तिर्नुपर्ने हुनसक्ने ब्रोकरहरु बताउँछन्।

कसरी हुन्छ बोनस समायोजन?
नबिल बैंकले यसपटक २० प्रतिशत बोनस सेयर दिएको थियो। यस अनुसार नेप्सेले कम्पनीको बुक क्लोजको दिनमा बोनस सेयर समायोजन गरेर कारोबारको लागि नयाँ दर तोक्ने गर्छ। बैंकको संस्थापक सेयर समायोजन अघि प्रतिकित्ता १५७१ रुपैयाँमा कारोबार भएको थियो। यो दरलाई एक अंक र बोनस सेयर (२० प्रतिशत अर्थात् ०.२) को जोडले भाग गरेर नयाँ दर निकालिन्छ। यसअनुसार बैंकको सस्थापक सेयरको नयाँ मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ निर्धारण भएको थियो। बोनस सेयर समायोजनपछि पनि बैंकको पहिलो कारोबार दुई प्रतिशत मूल्य घटेर १२८५ मा भएको थियो।  यही नयाँ दर र लगानीकर्ताले कम्पनीको सेयरमा बोलकबोल मार्फत् खरिद गरेको मूल्यको जोडलाई दुई अंकले भाग गरेर बेस रेट निकालिन्छ। यो बेस रेटभन्दा बढि मूल्यमा कुनै लगानीकर्ताले सेयर बिक्री गरेमा उसले पूँजीगत लाभकर तिनुपर्दछ।  हालसम्म लगानीकर्ताले बोलकबेलमा हालेको न्युनतम (१२५० रुपैयाँ) र उच्च मूल्य (१३१५ रुपैयाँ) दुवै राखेर बेस रेट निकाल्दा पनि कर तिर्नुपर्ने अवस्था भने देखिएको छैन। - bizmandu

स्वावलम्बन लघुवित्त विकास बैंकको ७० प्रतिशत लाभांश, बोनस मात्रै साढे ४६ प्रतिशत

स्वावलम्बन  लघुवित्त विकास बैंक (SWBBL) ले गत बर्षको खुद नाफाबाट साढे ४६ प्रतिशत बोनस शेयरसहित ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई ४६.५ बोनस शेयर र २३.५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी १४ करोड ९८ लाख रहेकोमा बोनस शेयर जारीपछि २१ करोड ९४ लाख रुपैयाँ हुने छ । बैंकले गत बर्ष १८ करोड खुद नाफा गरी प्रतिशेयर आम्दानी १२१ रुपैयाँ कायम गरेको थियो । बैंकको जगेडा कोषमा ४१ करोड रुपैयाँ छ । 
देशभरि कार्य क्षेत्र बनाएर लघुवित्तको काम गरिरहेको बैंकको प्रोमोटरहरुमा हिमालयन बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक र स्वावलम्बन बिकास केन्द्र छन् ।


Mero Lagani 
Nov 24, 2014

Monday, November 24, 2014

नेपाल ईन्भेष्टमेन्टको ४७ लाख कित्ता साधारण शेयर प्रिमियममा निश्काशन तयारी, बैंकको कोषमा कम्तिमा २ अर्ब थपिने

नेपाल ईन्भेष्टमेन्ट बैंक (NIB) ले  सर्वसाधारण लगानीकर्ताको हिस्सा बढाउन झण्डै ४७ लाख कित्ता साधारण शेयर निश्काशनको तयारी गरेको छ ।
ईन्भेष्टमेन्ट बैंकले बैंकमा सर्वसाधारणको हिस्सा २० बाट ३० प्रतिशत बनाउन प्रिमियममा शेयर निश्काशन गर्न लागेको हो । 
ईन्भेष्टमेन्ट बैंकका सूचना अधिकारी राजन अमात्यले मेरोलगानी डटकमसँग कुरा गर्दै ४७ लाख कित्ता शेयर सर्बसाधारणका लागि निश्काशन गरिने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले हाल कायम चुक्ता पूँजी ४ अर्ब ७६ करोडको दश प्रतिशतले हुने पूँजी थप्ने गरी प्रिमियममा शेयर निश्काशनको तयारी अगाडि बढाईएको हो भन्नुभयो । कम्तिमा ४ सय रुपैयाँ न्युनतम मूल्यमा प्रिमियममा शेयर निश्काशन हुँदा बैंकमा २ अर्ब रकम थपिने अपेक्षा गरिएको छ । अबको तीन साताको अबधिमा आन्तरिक प्रक्रिया पुरा गरेर विशेष साधारणसभा आब्हान गरी त्यसबाट पारित भएपछि सर्वसाधारणका लागि प्रिमियममा शेयर जारी गरिने अमात्यको भनाई छ ।
ईन्भेष्टमेन्ट बैंकमा संस्थापक र संस्थागत लगानीकर्ताहरुको ८० प्रतिशत हिस्सा रहेकाले राष्ट्र बेंकको नीति अनुसार सर्वसाधारणहरुको हिस्सा बढाउनैपर्ने बाध्यता बैंकलाई रहेको छ । राष्ट्र बैंकले संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देश गरेको छ । अन्य बैंक तथा बित्तीय संस्थाहरुले १९ प्रतिशत संस्थापक शेयर साधारण शेयरमा परिवर्तन गरे पनि ईन्भेष्टमेन्ट बैंकलाई त्यसो गर्न अनुमति प्राप्त भएको छैन् । त्यसैले प्रिमियममा शेयर निश्काशन गरेर सर्वसाधारणको हिस्सा बढाउन लागिएको हो ।
ईन्भेष्टमेन्ट बैंकमा रहेको क्रस होल्डिङ समाप्त गर्न हालै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो नाममा रहेको ईन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत अर्थात ६२ लाख कित्ता शेयर लिलाम गर्ने प्रयास गरेको थियो । बाणिज्य बैंकले प्रति कित्ता ५३० रुपैयाँमा न्युनतम मूल्य तोकी लिलाम आब्हान गर्दा महंगो मूल्य हुनुका साथै ईन्भेष्टमेन्टले घोषणा गरेको ४० प्रतिशत लाभांशबारे स्पष्ट पार्न नसक्दा झण्डै १० लाख कित्ता शेयर मात्र बिक्री भएको थियो । ईन्भेष्टमेन्ट बैंकले प्रिमियममा शेयर निश्काशन गरेपछि बाणिज्य बैंकलाई आफ्नो नाममा रहेको शेयर फेरि लिलाममा राख्दा मूल्यमा पुनर्विचार गर्नै पर्ने स्थिति आउने देखिएको छ ।
नेपाल ईन्भेष्टमेन्ट बैंक नेपालमा धेरै चुक्ता पूँजी भएको दोस्रो ठूलो बाणिज्य भए पनि प्रिमियममा शेयर निश्काशन गरेपछि धेरै चुक्ता पूँजी भएको पहिलो बैंक बनि झन् बलियो हुनेछ । बैंकले विगतका बर्षहरुमा लगानीकर्ताहरुलाई निरन्तर आकर्शक बोनस शेयर र नगद लाभांश दिदै आएको छ । गत बर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ ।

अब डिम्याट शेयरमा कर्जा सुनिश्चित, राष्ट्र बैंकले दियो बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ ।
आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । 
नेपाल राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ । आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । नेपाल
राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ । आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । 

राष्ट्र बैंकले आफ्नो सर्कुलरमा भौतिक शेयर प्रमाणलाई धितो राखेर ऋण प्रदान गर्ने ब्यवस्था कायम राख्दै अभौतिक शेयरको हकमा प्रचलित ब्यवस्था बमोजिम धितो बन्धक लिएको प्रमाण लिएर ऋण प्रबाह गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शेयर खरिद रसिद र शेयर दलालको जमानतमा एक बर्ष अवधिका लागि शेयर धितो कजा( बीटी लोन ) दिन पनि रोक नलगाईएको स्पष्ट पारेको छ । 
यसअघि कागजी प्रमाणपत्र वा खाली हस्तान्तरण(बीटी) मा रहेका शेयरहरुको आधारमा मात्र ऋण लिन सकिने ब्यवस्था थियो । अधिकांश बाणिज्य बैंकहरुको शेयर अभौतिकीकरण भईसकेको र केही लगानीकर्ताहरुले आफ्नो नामको शेयर निक्षेप सदस्य मार्फत अभौतिक गराईसकेकाले डिम्याट शेयर प्रमाणपत्रमा ऋणको पर्खाईमा लगानीकर्ताहरु थिए । खाली हस्तान्तरणमा ऋण लगानी गर्न बैंक तथा बित्तीय संस्थाहरुले आनाकानी गरिरहेकोे अबस्थामा पूर्ववत ब्यवस्थालाई कायम राख्दै डिम्याट शेयरमा पनि कर्जा पाईने ब्यवस्थाले शेयर बजारलाई अरु आधार दिने देखिएको छ ।

माघ २ गतेदेखि सबै बाणिज्य बैंकहरुको अनिवार्य रुपमा अभौतिक शेयरको मात्र खरिद बिक्री र राफसाफ हुने भएको छ । अभौतिक शेयर धितोमा कर्जा पाउन ऋणी र बैंक दुबैले हितग्राही खाता खोली एकै प्रकारको अनुरोप पत्र डीपीलाई दिएपछि अभौतिक शेयर वापत ऋण लिनेदिने प्रक्रिया अगाडि बढ्ने छ ।
Mero Lagani 
Nov 23, 2014

Sunday, November 23, 2014

अहिले घटेको नेप्सेलार्इ 'मार्केट फन्डामेन्टलले जस्टिफाइ' गर्दैन, अर्थमन्त्रीको अन्तर्वार्ता

राष्ट्र बैंकको निर्णयका कारण पनि यसो भएको छ भन्ने कुरा पनि मेरो ध्यानमा आउँछ। मैले उहाँहरुको ध्यानाकर्षण गर्ने गरेको छु। पहिले पनि यस्तै ध्यानाकर्षणले यो सुधार भयो। अहिले पनि 'डिम्याट'का कारण अप्ठेरो भएकाले सेयर बजारमा गिरावट आयो भनेर मलाई सूचना आएको छ। यस सम्बन्धमा पनि मैले राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छु

 ---
कसले भन्यो हाम्रो खर्च कम भएको छ भनेर? राष्ट्र बैंककै तथ्याङ्कको कुरा गर्ने हो भने, हाम्रो ट्रेजरी पोजिसन हेर्नुभयो भने पनि तपाईंले त्यो देख्नसक्नु हुन्छ। साधारण खर्च पोहोर जति बढ्या थियो, अहिले त्यो बढ्न सकेको छैन। तर पुँजीगत खर्च पोहोरको तुलनामा बढेको छ। तर साधारण खर्च बढ्न नसकेकाले समग्र खर्च जम्मा ६ प्रतिशत मात्रै बढेको हो
  ---
बीमा कम्पनीलार्इ लाइसेन्स दिने/नदिने भन्ने विषयमा मेरो टेबलमा अहिलेसम्म कुनै प्रस्ताव आएको छैन। अर्थमन्त्रालयको निगरानी त अवस्य पनि हुन्छ। जथाभावी निर्णय नहोस भनेर नै हामीले निगरानी गर्ने हो। अनावस्यक रुपमा धेरै बिमा कम्पनी खुले भने अश्वस्थ प्रतिस्पर्धा हुन सक्छ। बिमामा पनि बैंकको जस्तो अवस्था नआओस भन्नाकै लागि लाइसेन्स दिन हतार नगरौं भन्नेमा हामी थियौं। तर अहिले मैले यसबारेमा ध्यान दिन पाएको छैन। बिमा समिति आफैंमा पनि समस्यामा छ। त्यसबारे पनि अध्ययन भइरहेको छ 
अर्थमन्त्री रामशरण महतसँग बिजमाण्डूको यो दोस्रो अन्तर्वार्ता हो,  छैठौं पटक अर्थमन्त्रीको जिम्मेवारी लिनासाथ हामी यस पहिलेको अन्तर्वार्तामा सोधेका थियौं, के तपाईं दोस्रो चरणको सुधारका कार्यक्रम सुरु गनुहुन्छ ? यसपटक बिजमाण्डूका सहसम्पादक सुदर्शन सापकोटा र सविन मिश्रले ती प्रश्नहरुमा फलोअप गर्दै सोधे, अनुभवि अर्थमन्त्रीका रुपमा जनताले तपाईंबाट जे जस्ता अपेक्षा गरेका थिए, ती किन पुरा हुन सकेन ? - 

तपाईं अर्थमन्त्री हुनुभएको १० महिना हुन लाग्यो, तपाईंजस्तो उदार अर्थतन्त्रको पक्षपाती मान्छे अर्थमन्त्रालय सम्हाल्न आइपुग्नुभयो। तर पनि तपाईंबाट जे जस्ता अपेक्षा गरिएका थिए, ती किन पुरा हुन सकेन? 

सन्तुष्टि त केही भए पनि हुँदैन। मानिसहरु कहिल्यै पनि सन्तुष्ट हुन सक्दैनन्। जुन परिस्थितिमा हामी छौं, जुन प्रकारको सरकार बनेको छ, जुन प्रकारको प्रतिपक्ष छ र जुन प्रकारले राष्ट्रिय राजनीति अघि बढिरहेको छ, त्यसलाई विचार गर्ने हो भने हामी निकै अगाडि बढिसकेका छौं। लगानीको वातावरण बनाउनका लागि र आर्थिक विकासको बाटो बन्नका लागि हामीले निकै फड्को मार्दैछौं। कर्णाली आयोजनाका बारेमा तथा भारतसँग ऊर्जा व्यापारको विषयमा जुन प्रकारका काम भएका छन्, यो त वर्षौंदेखि रोकिएर बसिरहेका थिए। यतिमात्रै होइन भैरहवा विमानस्थलको निर्माणको काम भइरहेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि प्रक्रिया अघि बढिसकेको छ। यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि बजेट छुट्याउने काम हुन थालेको छ। काठमाडौं तराई फास्ट ट्रयाकको टेन्डर इभ्यालुएस हुँदैछ। यी सबै दूरगामी महत्वका निर्णयहरु हुन्। अस्तिमात्रै लगानी बोर्डले चार/पाँचवटा आयोजनाको काम अगाडि बढाउने मार्गप्रसस्त गरेको छ। ४०/४२ अर्बको लगानीमा रिलायन्स सिमेन्ट जस्ता उद्योगहरु आउँदैछन्। तनहुँ हाइड्रो प्रोजेक्ट सुरु हुने अवस्थामा पुगेको छ। यसले नेपालमा आर्थिक विकासको नयाँ अध्याय सुरु भएको छ। जुन दिशामा हामी अहिले अगाडि बढेका छौं, अब पछाडि फर्कने अवस्था छैन। 

धेरै मानिसले तपाईंले भनेजस्तो दोस्रो चरणको सुधारको कार्यक्रमलाई हेरिरहेका छन्। र उनीहरुले तपाईंले भनेजस्तो सुधार नभएको वा उनीहरुको अपेक्षा अनुसारको काम नभएकाले पनि यसो भनिएको हुन सक्दैन? 
आर्थिक सुधार भनेको तुरुन्तको तुरुन्तै हुने 'म्याजिक' त होइन नि! आर्थिक सुधार हुन समय लाग्छ। 

के-के भए त?
त्यो हुँदैछ। दुई/चार महिनामा सबै हुने होइन। कतिपय कुराहरु कानुनसँग सम्बन्धित हुन्छन्। जस्तो भन्नुस न श्रम सम्बन्धि कुरा। सबैभन्दा ठुलो समस्या श्रम सम्बन्धि थियो। अहिले श्रम सम्बन्धि कानुन तयार भइसकेको छ। हामीले सम्बन्धित पक्षसँग छलफल पनि गरेका छौं। त्यस्तै विद्युत सम्बन्धि कानुनको मस्यौदा तयार भइसकेको छ। त्यस्तै हामीले दुई अर्ब रुपैयाँको लोकल बन्ड इस्यु गर्न पनि अनुमति दिइसकेका छौं। यस्ता कतिपय कुराहरु भइरहेका छन्। यस्तै विशेष आर्थिक क्षेत्रसँग सम्बन्धित बिधेयक, औद्योगिक व्यवसाय सम्बन्धि विधेयक पनि तयार हुने क्रममा छ। कानुन सुधारको काम भइरहेको छ भने सरकारी निर्णयले पनि कतिपय कामहरु फटाफट रुपमा अघि बढिरहेका छन्। भनेपछि नयाँ चरण भने पनि दोस्रो चरण भनेपनि सुधार त भइरहेको छ नि। अहिले बैंकिङ कसुर ऐनले सहकारीलाई पनि समेट्ने गरी काम अघि बढाइएको छ। अहिलेसम्म विना नियन्त्रण चलिरहेका थिए। यस्तै सहकारी ऐनको पनि संशोधनको काम भइरहेको छ। घोषणा गरिएका सबै सुधारका काम भइरहेको छ। 

तपांईले दीर्घकालीन विकासको कुरा गर्नुभयो, तर पनि लगानीकर्तमा अझै आशंका छ। यसलाई कसरी हेरिरहनु भएको छ?
 हामीले १९९० को दशकमा धेरै सुधारका काम गर्‍यौं। सुधार भन्ने कुरा रातारात हुने होइन। वर्षदिन ६ महिना लाग्छ। हामीले सबैको सबै कुरा पुरा गर्न सक्छौं भन्ने होइन। प्रजातन्त्रमा सबैले आ-आफ्ना कुरा राख्न पाउँछन्। कसैले आफ्नो चरित्र देखाउँछ भने राष्ट्रले पनि आफ्नो चरित्र देखाउँछ। अब त्यस्ता गैर जिम्मवारीपूर्ण कुरालाई जनताले स्वीकार गर्दैनन्। हामी काम गरेर देखाउँछौं। हामी आर्थिक रुपले अघि बढ्छौं। अब नेपालको 'इकोनोमिक मार्च' अघि बढ्छ। देश अब पछाडि फर्कंदैन। आज सारा विश्वमा के भइरहेको छ, संसारमा के भइरहेको छ भन्ने कुरा जनताले यहीँ थाहा पाउँछन्। कम्युनिकेशनलाई कसैले रोकेर रोकिँदैन। विकासको गतिमा व्यवधान कसैले निम्त्याउन खोज्यो भने त्यो अब स्वीकार्य हुँदैन 

प्रधानमन्त्रीले भन्ने गरे अनुसार तपाईंसँग काम गर्ने समय दुई महिना मात्रै बाँकी छ, भ्याउनुहुन्छ त सबै काम गर्न?
हो। तर यी निर्णयहरु त त्यही बखतमा भए नि। अझ दुई महिनामा कति निर्णयहरु हुन्छन्। आर्थिक परिवर्तन राजनीतिक परिवर्तन जस्तो छिटो हुँदैन। १९ दिनको जनआन्दोलनले सत्ता सारा पल्टियो। आर्थिक परिवर्तन त त्यति छिटै आउँदैन। आर्थिक परिवर्तन एउटा दिशामा जान्छ। आर्थिक लगानी एउटा निर्देशित दिशामा जान्छ र त्यो दिशामा जान थालिसकेपछि धेरै परिवर्तन हुन्छ। अहिलेकै कुरा गर्ने हो भने पनि धेरै लगानी आउन थालिसकेका छन्। यहीबीचमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरु भए। लगानीका लागि ठुलो प्लेटफर्म बन्दै छ। नेपालमा आगामी पाँच वर्षमा करिब १० अर्ब डरलको लगानी आउँदैछ। विश्व बैंक समूह सहभागी भएका आयोजनामा मात्रै पाँच अर्ब डलर लगानी हुँदैछ।  यो त महत्वपूर्ण कुरो हो। हामीले अहिले एक अर्ब डलर ट्रान्समिसन लाइनमा खर्च गर्दैछौं। कर्णाली, मर्स्याङ्दी, कालीगण्डकी, त्रिशुलीलगायतका करिडोरमा हामीले यो लगानी गर्दैछौं। यो लगानीमा चारसय केभिए र एकसय ३२ केभिएका प्रसारण लाइनमा लगानी हुँदैछन्। यसले एउटा एकीकृत बजारको विकास गर्छ। हामीले देशका सबै ठाउँमा विद्युत पुर्‍याउने उद्देश्यले यसपाली मात्रै चार अर्ब रुपैयाँ त ग्रामीण विद्युतीकरण कार्यक्रममा खर्च गर्दैछौं। देश अहिले आर्थिक हिसाबले महत्वपूर्ण फड्कोको अवस्थामा छ। 

तपाईंले भनेका धेरै कुराहरु दीर्घकालीन लगानीसँग सम्बन्धित छन्। तर तत्कालीन लगानीका लागि तयारी अवस्थामा त कोही पनि रहेका छैनन भन्ने देखिएन?
 ठूला/ठूला लगानी आउन थालेपछि साना लगानी त्यसै प्रोत्साहन हुन्छ। एउटा कर्णाली आयोजनाको मात्रै उदाहरण लिने हो भने पनि कर्णाली बन्न थालेपछि त्यससँग सम्बन्धित धेरै साइड उद्योगहरु त्यहाँ खुल्न थाल्छन्। मैले अघि पनि भनें तुरुन्तै कुनै पनि काम हुँदैन। कति सिमेन्ट उद्योहरु आउँदैछन्, कति छड उद्योहरु आउँदैछन्। अहिले लिक्विडिटी हाइ छ। तर यो पनि अब घट्ने क्रममा पुगिसकेको छ। पोहोर र अहिले बैंकमा गएको ऋण हेर्नुभयो भने अहिले धेरै फरक भइसकेको छ। चार/पाँचवटा नयाँ फाइभस्टार र सेभेनस्टार होटल आउँदैछन्। लगानीको वातारण नभएको भए किन यसरी नयाँ नयाँ होटलमा लगानी हुन्थे? 

गएको वर्ष चुनावी सरकार थियो, सरकारको ध्यान चुनावमै केन्द्रित भयो अन्त खर्च गर्नेतर्फ ध्यान जान सकेन। यसपटक निर्वाचित सरकार बनेको छ, तपाईंले नेपालमा विदेशी लगानी भित्रने कुरा पनि गर्नुभयो। तर हाम्रो सरकारको खर्च गर्ने क्षमता किन कमजोर हुँदै गइरहेको छ?
कसले भन्यो हाम्रो खर्च कम भएको छ भनेर? राष्ट्र बैंककै तथ्याङ्कको कुरा गर्ने हो भने, हाम्रो ट्रेजरी पोजिसन हेर्नुभयो भने पनि तपाईंले त्यो देख्नसक्नु हुन्छ। साधारण खर्च पोहोर जति बढ्या थियो, अहिले त्यो बढ्न सकेको छैन। तर पुँजीगत खर्च पोहोरको तुलनामा बढेको छ। तर साधारण खर्च बढ्न नसकेकाले समग्र खर्च जम्मा ६ प्रतिशत मात्रै बढेको हो।

सरकारी कोष बचत पनि बढेको बढ्यै छ नि?
बचत छ, किनभने पोहोर सालकै २५ अर्ब रुपैयाँ थुप्रिएको छ। त्यसले कोषमा रकम थुप्रिएको देखिएको होला। अब पैसा खर्च नहुनुमा अर्थमन्त्रालय मात्रै जिम्मेवार होइन। हामीले सबै मन्त्रालय, विभागलाई बजेट आउने बित्तिकै खर्चको अख्तियारी दिइसकेका छौं। खर्च गर्न त सबै प्रशासनिक निकाय र विकासको काम गर्ने कार्यालयले त्यहि हिसाबले काम गर्नुपर्‍यो। ठेकेदारले समयमा काम गर्नुपर्‍यो, प्राविधिकको रिपोर्ट पनि समयमा आउनुपर्‍यो, प्रशासनले पनि ठिक समयमा निर्णय गर्नुपर्‍यो। खर्च गर्नका लागि काम गर्नुपर्ने सम्पूर्ण पाटपुर्जाले समयमा काम गर्नुपर्‍यो।

तपाईंले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिने कुरा गर्दै आउनुभएको थियो। सरकार बनेको पनि लामो समय भइसक्यो। अहिले आएर कानुन सुधार गर्ने कुरा सरकारको प्राथमिकतामा नपरेको हो?
होइन। बिल्कुलै होइन। हामीले धेरै कानुन सुधार गर्छौं भनेर बजेटमै भनेका छौं। ती कानुनहरु कतिपय संसदमा गइसकेका छन् र कतिपय क्याबिनेटमा छलफलका क्रममा छन्। कानुन निर्माण र संसदमा कानुनलाई लैजाने कुरामा धेरै समय लाग्दो रैछ। सम्बन्धित मन्त्रालयले कानुनको मस्यौदा बनाउनुपर्‍यो, कानुन मन्त्रालयले स्वीकृति दिनुपर्‍यो, क्याबिनेटमा पुग्छ, विधेयक समितिले पास गर्नुपर्‍यो, संसदले पास गर्नुपर्‍यो। त्यसकारण कानुन बनाउने कुरा धेरै लामो प्रक्रिया छ। ती विधेयकहरु कतिपय निर्माण भइसकेका छन् र 'क्लिएरेन्स'को अवस्थामा छन् भने कतिपय पारित हुने अवस्थामा छन्। विधेयक पारित गर्ने संसदले हो। त्यो हामीले भनेर मात्रै हुने होइन। 

सरकारको बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिमा कतै कतै तालमेल नमिलेको देखिन्छ। अहिले पनि सरकारको कर्जा विस्तारको नीति र राष्ट्र बैंकको मौद्रिक नीतिबीच तालमेल नभएको देखिन्छ। यसले संकुचन ल्याउँदैन? संकुचन छैन। पहिलो कुरा त भएको तरलताको पनि परिचालन हुन सकेको छैन। तरलता धेरै भयो भनेर उहाँहरुले निर्णय गर्नुभएको होला। तर यसलाई रोक्ने काम कसैले पनि गर्नु हुँदैन। 'इकोनोमी'लाई विस्तारित हुनबाट रोक्ने काम राष्ट्र बैंकबाट हुनु हुँदैन।

बाहिरबाट हेर्दा त सरकार र राष्ट्र बैंकबीच तालमेल नभएको देखिन्छ, समयस्या छ त्यस्तो?
त्यो तपाईंहरुले मूल्यांकन गर्ने कुरा भयो।   

कतिपय कामले सरकारलाई राष्ट्र बैंकको सहयोग छैन भन्ने कुरा व्यवहारबाट पनि देखिन्छ !
त्यस्तो महशुस हामीले गरेका छैनौं। यसमा तपाईंरुले आफ्नो नजरबाट हेर्न सक्नुहुन्छ। हामीले सकेसम्म सयोजन मिलाएर अघि बढिरहेका छौं। कतिपय सन्दर्भमा मिलेको पनि छ र कहिलेकाँही केही विषयमा उहाँहरुको विचार फरक परेको देखिन्छ।

पुँजी बजारको कुरा गरौं, बजेटमा पनि पुँजी बजार तपाईंको प्राथमिकतामा परेको कुरा थियो। तर अहिले बजारमा धेरै उतारचढाव देखिरहँदा तपाईंको प्राथमिकता भने यसमा परेको देखिँदैन, किन?
प्राथमिकतामा नपरेको होइन। सेयर बजारमा जसरी एक्कासी ढंगबाट वृद्धि भयो त्यो अनौठो थियो। अहिले एक्कासी घट्न थालेको छ त्यो पनि अनौठो नै हो। अर्थतन्त्रमा कुनै पनि यस्तो पक्ष छैन जसले गर्दा लगानीकर्ताको विश्वास कमजोर हुनुपर्यो। अहिले इकोनोमिक 'फन्डामेन्ट'लहरु सही ठाउँमा छन्। नियन्त्रण भन्दा बाहिर केही पनि छैन। लगानीको वातावरणको कुरा गर्नुहुन्छ भने अर्बौं डलरका प्रोजेक्टहरु आइरहेका छन्। यस्तो अवस्थामा नेप्से परिसूचक घट्नुपर्ने कारण छँदैछैन। तर यसका पछाडि के चलखेल छ कसो छ म भन्न सक्दिन। अनावश्यक रुपमा यस्ता खालका 'स्पेकुलेटिभ एक्टिभिटी' हुन थाल्यो भने यस किसिमको अवस्था आउँछ। तर यो घट्नु पर्ने कारण छैन। बढ्दा पनि अनावश्यक रुपमा बढ्यो भने त्यसलाई 'मार्केटले जस्टिफाइ' गर्दैन र अहिले जसरी घटेको छ, त्यसलाई पनि 'मार्केट फन्डामेन्टलले जस्टिफाइ' गर्दैन। त्यसैले केही 'स्पेकुलेटिभ' कामले वा केही समूह वा व्यक्तिको चलखेलले यो अवस्था आएको हुनसक्छ।

चलेखल त राष्ट्र बैंकको पनि देखियो नि! 
राष्ट्र बैंकको निर्णयका कारण पनि यसो भएको छ भन्ने कुरा पनि मेरो ध्यानमा आउँछ। मैले उहाँहरुको ध्यानाकर्षण गर्ने गरेको छु। पहिले पनि यस्तै ध्यानाकर्षणले यो सुधार भयो। अहिले पनि 'डिम्याट'का कारण अप्ठेरो भएकाले सेयर बजारमा गिरावट आयो भनेर मलाई सूचना आएको छ। यस सम्बन्धमा पनि मैले राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छु।   

पहिले पनि इकोनोमिक फन्डामेन्टल राम्रो भएर नै बजार बढेको हो, अहिले पनि अवस्था त उस्तै छ नि होइन? वृद्धि पनि एउटा गतिमा हुनुपर्छ। अचानक बढ्यो भने त्यो राम्रो हुन सक्दैन। सेयर बजार बढ्यो भनेर लगानीकर्ताको विश्वास बढ्यो भन्न त सकिएला तर 'आर्टिफिसिएल ग्रोथ' भयो भने त्यो राम्रो हुँदैन। 'आर्टिफिसिएल' ढंगले घट्नु पनि भएन र बढ्नु पनि भएन। अहिलेको घटाइ र बेला बेलामा हुने बढाइ दुवै 'आर्टिफिसिएल' हुन्।

अर्थमन्त्रीले बजार घट्नु पर्ने कारण छैन भनिरहँदा राष्ट्र बैंकको नीतिले बजार घट्छ भने त्यसमा तपाईंको काम केही हुँदैन? 
मैले भनिहाले नि, जब मलाई यसबारे जानकारी हुन्छ, सम्बन्धित निकायहरुलाई मैले आवश्यक रुपमा ध्यानाकर्षण गराउने गरेको छु। 

बिमा कम्पनीहरुको पुँजी वृद्धिको कुरा भइरहे पनि अहिले त्यो रोकिएको छ, यसमा तपाईंकै निर्देशनले काम गर्‍यो भन्ने छ नि?
बिमा समितिमा केही समस्या छ। त्यसका विषयमा विभिन्न समितिले पनि अध्ययन गर्दैछन्। ती समस्याहरुलाई ध्यानमा राखेर अहिले नर्मल कामहरु मात्रै भइरहेका छन्। यसबारे मलाई त्यति धेरै थाहा छैन। केही समस्याका कारणले यस्तो निर्णय भएको हुनसक्छ। 

बिमा समितिले लामो समयदेखि बिमा कम्पनीको लाइसेन्स रोकेर राखेको छ। यसमा अर्थमन्त्रालयले किन चासो दिन नसकेको? 
लाइसेन्स दिने/नदिने भन्ने विषयमा मेरो टेबलमा अहिलेसम्म कुनै प्रस्ताव आएको छैन। अर्थमन्त्रालयको निगरानी त अवस्य पनि हुन्छ। जथाभावी निर्णय नहोस भनेर नै हामीले निगरानी गर्ने हो। अनावस्यक रुपमा धेरै बिमा कम्पनी खुले भने अश्वस्थ प्रतिस्पर्धा हुन सक्छ। त्यो अवस्था पनि त निम्तनु भएन । मैले पहिले राष्ट्र बैंकलाई बैंकहरु धेरै भए, विकृति आउन सक्छ त्यसैले रोकौं भनेर भनेको थिएँ। तर उहाँहरुले धमाधम लाइसेन्स दिँदै जानुभयो किनभने उहाँहरु स्वतन्त्र हुनुहुन्छ। अहिले तपाईं देख्नसक्नु हुन्छ धमाधम मर्जरको प्रकृया अगाडि बढिरहेको छ। त्यस्तै बिमामा पनि त्यो अवस्था नआओस भन्नाकै लागि लाइसेन्स दिन हतार नगरौं भन्नेमा हामी थियौं। तर अहिले मैले यसबारेमा ध्यान दिन पाएको छैन। बिमा समिति आफैंमा पनि समस्यामा छ। त्यसबारे पनि अध्ययन भइरहेको छ। अध्ययन समितिले दिएका प्रतिवेदन पनि हामीले अध्ययन गरिरहेका छौं।

सार्क सम्मेलन सुरु हुनै लागिसक्यो, विश्वका अरु विभिन्न यस्ता संगठनहरु आर्थिक विषयमा केन्द्रित भइरहँदा सार्कचाँही किन राजनीतिक विषयमै अल्झिन पुग्यो? 
सार्कको मूल उद्देश्य नै आर्थिक मुद्दालाई अगाडि बढाउने हो। क्षेत्रीय सहभागिताबाट यो क्षेत्रको आर्थिक सम्मुन्नतिका लागि यसको कल्पना भएको हो। सार्क क्षेत्रका मानिसको जीवनस्तर उठाउन सकिन्छ भन्ने विश्वास हाम्रो हो। तर तीन दशक हुँदा पनि भावना अनुरुपको काम हुन सकेको छैन। लक्ष्य अनुसार सार्कको काममा ढिलाइ भएको अवस्य हो। मूल कुरा राजनीतिक माहोल अनुकुल भएन। सार्कको ९० प्रतिशत अर्थव्यवस्था भारत र पाकिस्तानकोबीचमा छ। तर उनीहरुकै राजनीतिक सम्बन्ध राम्रो छ। क्षेत्रीय रुपमा एक हुनका लागि पुँजीको लगानी हुनुपर्छ। सबै देशहरुबीच श्रम सम्बन्धि सहयोग हुनुपर्ने हो। एक अर्काको विकासमा सहयोग पनि गर्नुपर्ने बेलामा हामी राजनीतिक मुद्दामै अल्झन पुगेका छौं। हामीले साफ्टालाई नै राम्रोसँग कार्यान्वयन गर्न सकेका छैनौं। यो बीचमा अरुण तेस्रो आयोजनाको पिडिए हुनसक्छ भने भारतले दिने भनेको ऋणको पनि सम्झौता हुनसक्छ। -

तपाईं रहेकै सरकारका मन्त्रीहरु हामीले काम गर्न खोज्दा पनि अर्थमन्त्रीको साथ पाइएन, अर्थमन्त्रालयले धेरै पावर एक्सरसाइज गर्‍यो, मन्त्रालय नै टुक्राउनु पर्‍यो भन्दैछन्। तपाईंहरु साँच्चिकै सुपर पावर हो? 
म यस्ता अभिव्यक्तिमा टिप्पणी गर्न चाहन्न। यस्ता अभिव्यक्ति मेरो टिप्पणी लायक छैनन्।

अन्तिममा एउटा राजनीतिक प्रश्न, भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण हुन्छ कि हुँदैन? 
यो भ्रमण हुन्छ कि हुँदैन भनेर सार्वजनिक बहस गर्ने कुरो हुँदै होइन। यो दुईवटा देशका सम्बन्धित सरकारी निकायको बीचमा सहमति गरेर हुने कुरा हो। मलाई अत्यन्तै पीडा केमा हुन्छ भने एकथरी मान्छे भ्रमण हुन्छ भन्ने र अर्काथरी हुन्न भन्नेमा छन्। त्यतिमात्रै नभइ यो बहस संसदीय समितिमा अनि सडकमासमेत हुन थालेको छ। यो अत्यन्तै नराम्रो काम हो। हाम्रो राजनीति अझै परिपक्व हुन सकेको छै। हाम्रो स्तर अझै माथि उठ्न सकेको छैन। यी सबै कार्यक्रम दुई देशका परराष्ट्र मन्त्रालयले निर्धारण गर्ने हो। दुईथरीले जे सहमति गर्छन्, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ। म कसरी हुन्छ कि हुँदैन भनेर भनौं, उहाँहरु दुई पक्षले जे सहमित गर्नुहुन्छ मलाई त्यही स्वीकार हुन्छ। मोदीको भ्रमणको विषय विवादित विषय होइन। खाली उहाँले कहाँ सम्बोधन गर्ने र नागरिक अभिनन्दन गर्ने वा नगर्ने भन्ने कुरा भइरहेको थियो बाहिर चाँही भ्रमण रद्द भयो भनेर कुरा आयो।
from:Bizmandu

Chilime Hydro starts distributing cash dividend warrants from today

Chilime Hydropower Company Limited (CHCL), one of the blue-chip companies, is distributing cash dividend warrants to its shareholders from today.

Chilime had endorsed 15 percent cash and 20 percent bonus shares to the shareholders from the net profit it earned in the last fiscal year 2070/71.

The cash dividend would be distributed from 10:30 AM to 2:00 PM Sunday through Thursday and from 10:30 AM to 12:30 PM on Friday at its RTS, Citizen Investment Trust located in New Baneshwar, according to a notice issued by the hydropower project today.

The company has published the list stating the distribution date as per the shareholders number.

Last year, company had distributed 30 percent bonus and 10 percent cash divined to its share holders.

Friday, November 21, 2014

सीडीएसमा लगानीकर्ताले बाणिज्य बैंकको बोनस र हकप्रद शेयर कसरी पाउने ?

केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सीडीएससी) ले अधिकांश बाणिज्य बैंकहरुको शेयर अभौतिकीकरण ( डिम्याट) गराउने प्रक्रिया पुरा गरिरहेको बेला बोनस र हकप्रद शेयर प्रमाणपत्र कसरी पाउने भन्ने कौतुहलता लगानीकर्ताहरुमा रहेको पाईन्छ । 
 
लगानीकर्ताहरुको यो चासोलाई सीडीएससीले कसरी सम्बोधन गरेको छ त ?
सीडीएससीकी प्रशासन प्रमुख सविना पुजारीले हितग्राही खाता खोलेर आफ्नो नाममा रहेका बाणिज्य बैंकका शेयर प्रमाणपत्रहरु अभौतिकीकरण गराईसकेका लगानीकर्ताहरुको बोनस र हकप्रद शेयर डिम्याट खातामै जम्मा हुने प्रबन्ध मिलाईएको स्पष्ट पार्नुभयो । 
 
कागजी प्रमाणपत्र राख्नेलाई झंझट
 
मेरोलगानी डटकमसँग कुरा गर्दै पुजारीले हितग्राही खाता नखोल्ने र आफ्नो नाममा रहेका बाणिज्य बैंकका शेयर प्रमाणपत्रहरु कागजी रुपमा नै राख्नेहरुको हकमा भने बोनस र हकप्रद प्रमाणपत्र छापिएर कागजी रुपमै आउने जनाउनुभयो । यसरी हेर्दा समयमै हितग्राही खाता खोल्न चासो नदिने लगानीकर्ताहरु कागजी प्रमाणपत्र लिन शेयर रजिष्ट्रारकै कार्यालय धाउनु पर्ने, लामो लाईन बस्नुपर्ने र भौतिक प्रमाणपत्रको झंझटिलो प्रक्रियामै अल्झिरहनुपर्ने भएको छ ।  
 
हालै साधारणसभा गरेको कुमारी बैंकको शेयर शाखाले आफ्नो कम्पनीको ३३ प्रतिशत बोनस शेयर वितरणको हकमा हितग्राही खाता खोलेर शेयर प्रमाणपत्रहरु डिम्याट गराएका शेयरधनीको हकमा बोनस शेयर हितग्राही खातामा जम्मा हुने र शेयर डिम्याट गराएकाहरुको भौतिक प्रमाण पत्र नै छापिने जनाएको छ । 
 
नेप्से र बोर्ड किन बेखबर ? 
 
बोनस र हकप्रद शेयर प्रमाणपत्र कसरी उपलब्ध हुँदैछ भन्ने बारेमा नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डका अधिकारीहरु भने अझै स्पष्ट भईसकेका छैनन् । सीडीएससीले बोर्ड र एक्सचेन्जलाई बोनस र हकप्रद शेयर प्रमाणपत्र प्राप्त गर्नेसम्बन्धी कार्ययोजना एक महिनाअघि नै पठाईसकेको स्पष्ट पारेको छ । 
 
 सीडीएससीले गत असोज २० गतेदेखि खरिद भएर नामसारीमा आएका बाणिज्य बैंकहरुको शेयर प्रमाणपत्रहरुलाई डिम्याट गराएर मात्र सम्बन्धित खरिदकर्ताको नाममा हकहस्तान्तरण गर्ने प्रक्रिया मिलाएकोे छ । त्यसैगरी कार्तिक २ गतेदेखि खरिद गरिएका सबै कम्पनीका शेयर नामसारी गर्दा धितोपत्र खरिद गर्दा अभौतिकीकरण गर्ने कार्यबिधि अनुसार भईरहेको छ । पुजारीका अनुसार बोनस र हकप्रद पनि डिम्याट रुपमै उपलब्ध गराउन असोज २० यता साधारणसभा गरेका बाणिज्य बैंकहरुको शेयर प्रमाणपत्रलाई अभौतिक गराउने काममा अहिले सीडीएससी केन्द्रित भईरहेको छ । 
 
 
आगामी माघ २ गतेदेखि बाण्ज्यि बैंक, फागुन १ गतेदेखि बिकास बैंक र बैशाख १ देखि सबै कम्पनीहरुको अनिवार्य पूर्ण डिम्याट शेयर कारोबार गर्ने कार्यतालिका सीडीएससीले तय गरेको छ । पूर्ण डिम्याट शेयर कारोबार गर्ने क्रममा शेयर बेच्ने र किन्ने दुबैको हितग्राही खाता हुनुपर्ने र बेच्ने शेयर डिम्याट गराएपछि मात्र शेयर दलाललाई बिक्री आदेश दिन पाईने छ । यसरी बिक्री गरिएको डिम्याट शेयर तेस्रो कार्य दिनमा खरिदकर्ताको हितग्राही खातामा जम्मा हुने छ । 
 
 
कम्पनी र लगानीकर्ता पनि उस्तै 
 
सीडीएससीले शेयर कारोबारलाई आधुनिकीकरण गर्ने र सहज बनाउने प्रक्रिया अगाडि बढाई रहेको भए पनि अझै केही कम्पनीहरुले आफ्ना शेयर अभौतिक गराउने र लाखौं लगानीकर्ताले हितग्राही खाता खोल्नेतर्फ चासो देखाएका छैनन् ।  सीडीएससीले दिएको तथ्यांक अनुसार नेपालको शेयर बजारमा १० लाख लगानीकर्ताहरु रहेकोमा हालसम्म ११ हजार ७ सय २६ जनाले मात्र हितग्राही खाता खोलेका छन् ।  
 
त्यसैगरी नेप्सेमा सुचिकृत ३ सय ३३ कम्पनीहरु मध्ये हालसम्म ६३ कम्पनीले मात्र शेयर डिम्याट गराउने सम्झौता गरेका छन् भने ६५ कम्पनीले निबेदनसम्म दिए पनि सीडीएससीसँग सम्झौता गर्नमा ढिलाई गरेका छन् । 
 
काठमाडौमै थुप्रिए डीपी
 
हितग्राही खाता खोल्ने निक्षेप सदस्य (डीपी)को संख्या २३ पुगेको छ र थप ५ वटा कम्पनीहरुले यसका लागि निवेदन दिएका छन् । डीपीहरुको कार्यालय काठमाडौमा मात्र केन्द्रित रहेकाले देशका मुख्य शहरहरुमा विस्तार हुन नसकी हजारौ लगानीकर्ताहरु हितग्राही खाता खोल्ने पहुँचबाट बाहिरै छन्् । सुचिकृत कम्पनीहरुको अर्बौ कित्ता शेयर संख्या रहे पनि हालसम्म केही शेयरधनीका २५ लाख ८२ हजार ८ सय कित्ता कागजी प्रमाण पत्रमा रहेका शेयर मात्र अभौतिकीकरण गरिएको सीडीएससीले जनाएको छ ।

Thursday, November 20, 2014

सोल्टी होटलले ४० प्रतिशत बोनससहित ५८ प्रतिशत लाभाशं बाँडने

सोल्टी होटल लिमिटेडले गएको आर्थिक वर्षको खुद नाफाबाट ४० प्रतिशत बोनस सेयर र १७.८९ प्रतिशत नगद लाभाशं दिने भएको छ । होटलको १९६ औं सञ्चालक समितिको बैठकले उक्त लाभाशं प्रस्तावलाई आउँदो बार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । 
यस होटलको प्रतिकित्त १० रुपैंया दरका तीन करोड ८७ हजार १९१ कित्ता शेयर नेप्सेमा सुचीकृत छ । नेपाल स्टक एक्सचेन्जको धितोपत्र बजारमा यसको प्रतिकित्ता शेयर ५८९ रुपियाँमा खरिद बिक्री भइरहेको छ । 
सोल्टीले गत वर्ष पहिलो त्रैमासिकमा दुई करोड ३१ लाख रुपियाँ आम्दानी गरेकोमा यस वर्षको त्रैमासिकमा उक्त आम्दानी घटेर दुई करोड ६१ लाख रुपैंयामा सीमित रहेको छ । होटलको पहिलो त्रैमासको प्रतिशेयर आम्दानी ८७ पैसा मात्रै रहेको छ । कम्पनीले आउँदो पुस २७ मा ४०औं बार्षिक साधारणसभा गर्ने सुचना प्रकाशित गर्दै मङ्सिर २८ गतेदेखि शेयरधनी दर्ता किताब बन्द हुने जानकारी दिएको छ । 
 
सार्क सम्मेलनको क्रममा यसपटक धेरै काम सोल्टीले पाएकाले उसको आम्दानी बढ्ने देखिएको छ । 
from:Mero Lagani

कौडीको भाउमा एक्विजिशन गर्ने सिटिजन्स बैंकप्रति राष्ट्र बैंकका अधिकारीको चासो

बैंकर्स संघका अध्यक्षसमेत रहेका सिटिजन्स बैंक इन्टरनेश्नलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा रहेको एक्विजिशनसम्वन्धी नयाँ व्यवस्थालाई टेकेर समस्यामा परेका बैंक, वित्त कम्पनीलाई कौडीको भाउमा आफ्नो बैंकमा गाभ्ने रणनीति अपनाएका छन् । 
विगतमा सिटिजन्स् बैंकको प्रमुख लगानीकर्ता रहेका पूर्व मुख्यसचिव डा. विमल कोइराला, डा. आरजु देउवा, डा. रामशरण महतकी पत्नि विना महतको सेयर खरिद गरेपछि उनी समस्यामा परेका बैंक, वित्तीय संस्थालाई कौडीको भाउमा आफ्नो संस्थामा गाभ्ने रणनीतिमा लागेका हुन । बैंकको यस रणनीतिप्रति राष्ट्र बैंक पनि सन्तुष्ट नभएको बुझिएको छ । 
 
पछिल्लो पटक सिटिजन्स् बैंकसँग गाभिएको पिपल्स फाइनान्सको शेयर ३० प्रतिशत स्वाप रेसियोका दरले खरिद गरिएको थियो । यसबाट उक्त फाइनान्सका शेयरधनी चिढिएका छन् । उता यस अगाडि गाभिएको नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सको शेयर स्वाप रेसियो ३५ थियो ।
 
स्रोतका अनुसार सिटिजन्स् बैंकसँग गाभ्ने प्रक्रियामा रहेको प्रिमियर फाइनान्सको शेयर स्वाप रेसियो २५ प्रतिशत प्रस्ताव गरिएको छ । सस्तो मूल्यमा साना कम्पनीलाई गाभिरहेको बारेमा बैंकका अधिकारीहरु भने विस्तृत जानकारी दिन तयार देखिएनन् । 
 
सिटिजन्स बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड रहेकोमा नेपाल हाउजिङ, पिपल्स फाइनान्स गाभिएपछि दुई अर्ब ५० करोड नाघ्ने छ । हाल पिपल्स फाइनान्सको चुक्ता पूँजी २९ करोड ५६ लाख रुपैंया रहेको छ भने नेपाल मर्चेन्टको १९ करोड १२ लाख रहेको छ । 

copy:Mero Lagani 
Nov 19, 2014

Monday, November 17, 2014

एनसिसी र एनबीका साझा लगानीकर्ता भएको भन्दै बंगलादेशी साझेदारसँग छलफल, पुससम्म साधारणसभा

काठमाडौं। नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र एनबी (नेपाल बंगलादेश बैंक) को मर्जर प्रकृया अगाडि वढेको छ। नेपाल राष्ट्र बैंकको पहलमा दुई कम्पनी मर्जर प्रकृया अगाडि वढेको हो।
 
सञ्चालक समिति जिम्मा लिएको राष्ट्र बैंकले एनसिसी बैंकको मर्जरका लागि संस्थापक सेयरधनीहरुसँग छलफल गरिसकेको छ भने एनबी बैंकको बंगलादेशी साझेदारसँग पनि कुराकानी गरेको छ। 
 
'हामीले दुवै संस्थाका प्रमुख सेयरधनीहरुसँग कुराकानी गरिसकेका छौं,' नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, 'दुबै बैंकमा साझा साझेदार भएका कारण मर्जरका लागि छलफल चलाएका हौं।' उनले बंगलादेशी साझेदारहरु मर्जरको बिषयमा सकारात्मक रहेको जानकारी दिए ।
 
सुरुमा एनसिसी बैंकमा सञ्चालक समिति अध्यक्ष भएर गएका निरौलाका अनुसार, सञ्चालक समिति जिम्मा लगाउनुअघि बैंकलाई मर्जरमा लैजाने प्रकृया थाल्नु पर्ने हुन्छ, यसका लागि पहल सुरु भइसकेको छ। 'एउटै समूह प्रबर्द्धक रहेको बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर पहिलो प्राथमिकता हो,' उनले भने।
 
राष्ट्र बैंकबाट खटिएको सञ्चालक समितिले बैंकको ०.५ प्रतिशतभन्दा वढी संस्थापक सेयर भएका लगानीकर्तासँग मर्जरको बारेमा छलफल गरिसकेको छ। प्रवर्द्धकहरुले राष्ट्र बैंकलाई मर्जरमा जाने बिषयलाई सकारात्मक रुपमा लिँदै प्रकृया अगाडि वढाउन आग्रहसमेत गरिसकेका छन्। 
 
बैंकले पुँजी बृद्धिका दागि ३८ प्रतिशत वोनस सेयर जारी गर्ने निर्णय पनि गरिसकेको छ। राष्ट्र बैंकले नै सञ्चालक समिति हेरिरहे पनि बैंकको साधारणसभा गर्ने मिति भने टुङ्गो लागिसकेको छैन। 'पहिले मर्जर टुङ्गो लगाएपछि साधारणसभा हुन्छ,' उनले भने, 'बढीमा पुस मसान्तसम्म साधारणसभा गर्ने योजना छ।'
 
राष्ट्र बैंकले यसअघि पनि एउटै प्रवर्द्धक समूह रहेका फरक संस्थालाई निर्देशन दिएर नै मर्ज गर्न लगाएको थियो। ग्लोबल बैंकसँग आइएमइ फाइनान्सियल इन्स्टिच्युट र एनआइसी बैंकसँग बैंक अफ एसिया नेपाल मर्ज भएको थियो। यसबाहेक अरु संस्था पनि एउटै प्रबर्द्धक रहेका कारण मर्जमा गएका थिए।
 
राष्ट्र बैंकले पुसभित्रै दुई आर्थिक बर्षको बार्षिक साधारणसभा गर्ने योजना बनाएको छ। बैंकको व्यवस्थापन पनि धेरै ढिला नगरी साधारणसभा सक्ने योजनामा छ। 
 
बैंकको अहिले चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ। असार मसान्तसम्म बैंकले दुई अर्ब पुँजी पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन नै छ। बैंकले दुई अर्ब पुँजी पुर्‍याउन करिव ३८ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।
Bizmandu

विराटलक्ष्मीले ४७.२३ प्रतिशत लाभांस दिने, ४५ प्रतिशत वोनस सेयर, निक्षेप चार अर्ब रुपैयाँ नजिक

काठमाडौं। विराटलक्ष्मी विकास बैंकले ४७.३७ प्रतिशत लाभांस दिने भएको छ। बैंकले सञ्चित नाफाबाट लाभांस दिन लागेको हो। बैंकले ४५ प्रतिशत वोनस सेयर र २.३७ प्रतिशत नगद लाभांस दिन लागेको हो। 
 
विकास बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले बोनश सेयर वितरणको प्रस्ताव पारित गरेको हो। बैंकको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि बार्षिक साधारणसभाले अनुमोदन गर्नु पर्छ। त्यसपछि मात्र लगानीकर्ताले पाउने छन्। 
 
बैंकको हाल तीन अर्व ८८ करोड २२ लाख ७९ हजार निक्षेप संकलन गर्नका साथै दुई अर्व ५६ करोड २६ लाख ९६ हजार कर्जा लगानी रहेको छ।  
- See bizmandu

दुई दिनमा बजार ३३ अंकले घट्यो, सोमबार मात्रै १८ अंकले गिरावट, कारोबार रकम घट्यो

काठमाडौं। सेयर बजार दुई दिनमा ३३ अंकले घटिसकेको छ। सोमबार मात्र बजार १८ अंकले घटेको छ। तर बजार घट्नु पर्ने खासै कारण नरहेको सरोकारवालाहरुले बताएका छन। अहिले पहिलो त्रैमाशको वित्तीय विवरण प्रकासित गरेका कम्पनीहरुले राम्रो पफर्मेन्स गरेको देखिन्छ। सञ्चिती नोक्सानमा रहेका कम्पनीको पनि यस्तो नोक्सान घटेको देखिन्छ, सेयर विश्लेषक अमृतनाथ रेग्मीले भने। 

अहिलेको मुख्य समस्या भनेकै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई खाता खोल्ने र डिम्याट कारोबार गर्ने बारेमा स्पष्ट रुपमा बुझाउँन नसकेकोले हो, रेग्मीले भने। उनले चुक्तापूँजी वृद्धि गरिसकेका बैंक तथा वित्तीय संस्थाले नगद लाभांशमा जोड दिनु, राजनीतिमा अस्थिरता देखिनुले पनि बजार घटेको बताए। 
प्रिमो सेक्युरिटिजका प्रमूख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायले भने केही लगानीकर्ताहरु अहिले लघुविद्युत् क्षेत्रमा आकर्षित भएकोले पनि बजारमा थप लगानी भित्रिन नसकेको बताउँछन। ‘ अहिले काठमाडौंमा २०, २५ लाख हुनेहरु पश्चिम तिर एक दुई मेगावाट जलविद्युत्मा लगानी गरिरहेका छन्, ’ उपाध्यायले भने। 
बजार घट्नुमा सीडीएससी सञ्चालन प्रक्रियाबारे बढेको अन्यौल र राजनीतिक अस्थिरतालाई नै लगानीकर्ताहरुले मुख्य कारणको रुपमा लिएको उपाध्याायको पनि तर्क छ। तर बजार घटेको समयमा प्रवेश गर्नु उत्तम हुने भन्दै लगानीकर्ताहरुलाई यो समय बजार भित्रिन उनीहरुले सुझाव दिएका छन। 
सबै उपसुचकहरु झरेका छन्। सबैभन्दा वढी जलविद्युत् ७८.५२ अंक, बिमा ५१.२३ अंकले घटेको छ। यसैगरी बैंकिङ सुचक १९.०६ अंकले घटेको छ भने होटल, विकास बैंक उत्पादनमूलक तथाअन्य सुचक १० अंक माथिले घटेको छ। कम घट्ने फाइनान्स सुचक मात्र छ।

बीटी लोन जारी हुन ठप्प जस्तै रहेकोले पनि बजारमा लगानी बढ्न सकेको छैन। बजार घटेको मौकमा लगानीकर्ताहरुले बैंकहरुको सेयर भने उठाइरहेका छन। यस दिन सबैभन्दा धेरै रकमको कारोबार हुने १० मा सात कम्पनी वाणिज्य बैंक रहे। 


चिलिमे जलविद्युत्काे सबैभन्दा धेरै दुई करोड २७ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश, नेपाल बैंक, सिभिल, नबिल, एनआइसी एसीया, बिराट लक्ष्मी बिकास , नेशनल हाइड्रोपावर, एनसीसी बैंकको सबैभन्दा धेरे रकमको कारोबार भएको हो। 
क वर्गमा सुचिकृत कम्पनीहरुको सुचक पनि चार अंकले घटेको छ। बजारमा १९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। १२९ वटा कम्पनीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
bizmandu

नेपाल बैंकको विशेष साधारणसभा मंसिर २८ मा, सर्वसाधारणतर्फका २ संचालक चुनिने

नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा मंसिर २८ मा हुने निश्चित भएको छ । विदेशी ब्यवस्थापन समूह र नेपाल राष्ट्र बैंकको पहलमा उल्लेखनीय सुधार भएपछि  विशेष साधारणसभा गरेर निर्वाचित संचालक समितिलाई बैंक हस्तान्तरण गर्न लागिएको हो ।
झण्डै १६ बर्षपछि नेपाल बैंकको साधारणसभाको मिति तोकिनुले त्यसका लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ । 
बैंकमा ६२ प्रतिशत सरकारको र ३८ प्रतिशत सर्वसाधारणको स्वामित्व रहेकाले अधिकांश संचालक समिति सदस्यहरु सरकारले नै मनोनीत गर्ने भएको छ । मंसिर २८ को साधारणसभाले सर्वसाधारणतर्फबाट २ संचालकको निर्वाचित गर्ने छ । राष्ट्र बैंकले पठाएको प्रा. डा देबराज अधिकारी नेतृत्वको ब्यवस्थापन समितिलाई यही मंसिर मसान्तसम्म साधारणसभा गरी बैंक निर्वाचित संचालक समितिलाई हस्तान्तरण गर्ने कार्यादेश छ । 
बैंकको शाखा संजाल, जनशक्ति र सम्पति अधिक रहेका कारण कुशल ब्यवस्थापन भएमा आगामी दिनमा धेरै प्रगति गर्नसक्ने संभावना छ । नेपालको सबैभन्दा जेठो नेपाल बैंकले आधुनिक बैंकिङ प्रणालीको विकास गर्दै अन्य प्रतिस्पर्धी निजी बैंकहरुकै तुलनामा ग्राहकहरुलाई सेवा दिन थालेको छ । 
नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत बर्षको सोही अबधिको तुलनामा १ हजार १ सय ७५ प्रतिशत भन्दा बढीले खुद नाफा गर्न सफल भएको छ । बैंकले यस त्रैमासमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ ।  गत बर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ११ लाख मात्र थियो । बैंकको निस्क्रिय कर्जा ४.७८ प्रतिशत मात्र छ । बैंकको निक्षेप लागत निकै कम अर्थात ३.४९ र मूल्य आम्दानी अनुपात १४.३६ रहेको छ । बैंकले सम्पति बिक्री र २ अर्बको डिबेन्चर जारी गरेर पूँजी कोष बढाउने नीति लिएको छ ।

अब एनसेलको नेटवर्कबाट बिजमाण्डू अनलाइन निशुल्क हेर्न सकिने, यसरी गर्नुहोस् एक्टिभेट

काठमाडौं। देशकै प्रमुख मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले न्युज प्याक नामक विशेष अफर ल्याएको छ। यसअन्तर्गत  एनसेलका ग्राहकले अब तीन वटा समाचार वेबसाईट निःशुल्क ब्राउज गरी समाचार तथा समसामयिक विषयको जानकारी प्राप्त गर्न सक्नेछन्।
न्युज प्याक कात्तिक २६ गतेबाट लागु हुनेछ। यसअन्तर्गत एनसेलका ग्राहकले  प्याक एक्टिभेट गरी तीन वटा समाचार पोर्टल www.bizmandu.comwww.onlinekhabar.com तथा www.setopati.com निःशुल्क ब्राउज गर्न सक्नेछन्।
नसेलका ग्राहकले www.ncellsansar.com.np मा गई त्यहाँ रहेको न्युज प्याकको आइकनमा क्लिक गरेर सहजै न्युज प्याक सुचारु गर्न सक्नेछन्। प्याक एक्टिभेट नगरि यी वेबसाईट ब्राउज गरेमा नियमित डाटा शुल्क लाग्नेछ। यी वेबसाईटमा रहेका बाहिरी लिङ्क र भिडियो लिङ्क प्रयोग गरेमा पनि नियमित डाटा शुल्क लागु हुनेछ। प्याक अन्तर्गतको सुविधा प्रोक्सी ब्राउजर रहेका मोवाईल सेटमा लागु हुने छैन।
आफ्ना ग्राहकलाई सूचना, समसामयिक विषयको ज्ञानमा सहज पहुँच पुर्‍याउने प्रतिबद्धता अन्तर्गत विभिन्न अफर ल्याउने क्रममा एनसेलले न्युज प्याक ल्याएको एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले जानकारी दिइन्।
'निःशुल्क विकिपिडिया पश्चात आएको यो अफरले हाम्रा ग्राहकलाई नेपाल तथा विश्वका ताजा खवर तथा समसामयिक विषयबारे जानकारीमा सहज पहुँच पुर्‍याइ उनीहरुलाई सुसूचित रहन योगदान पुर्‍याउने छ,' कोइरालाले भनिन्।  यो अफर ३ महिनासम्म जारी रहने छ।

copy pest: Bizmandu

बाणिज्य बैंकको नाफा १३ प्रतिशतले बृद्धि, नबिल र इन्भेष्टमेन्टको उच्च नाफा, दुई बैंक घाटामा

काठमाण्डौं। चालु बर्षको पहिलो त्रैमाश (साउनदेखि असोजसम्म) मा बाणिज्य बैंकहरुले १३.२७ प्रतिशतले नाफा बढाएका छन्। सञ्चालनमा रहेका ३० मध्ये २८ बैंकको खुद नाफा १३ प्रतिशतले बृद्धि भएको हो।
 
गत बर्ष यतिबेला तीन अर्ब ८१ करोड नफा गरेका बैंकले यसपाली चार अर्ब ३२ करोड नाफा पुर्‍याएका छन्। 
 
राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकले आइतबारसम्म वित्तीय विवरण प्रकाशित गरेका छैनन्। प्रभु बैंक र ग्राण्ड बैंक नेपाल खुद नोक्शानीमा गएका छन्। प्रभु बैंक ११ करोड ६८ लाख नोक्सानमा छ भने ग्राण्ड बैंक २८ करोड नोक्शानमा छ। 


Bank (Rs.000)Net Profit 2071 AshojNet Profit 2070 AshojChange %NII 2071 AshojNII 2070 AshojChange %Spread %
Global IME222785271428-17.9256196635394058.774.8
Nmb1427939080657.2525381316946249.784.65
Ncc10278932566215.6318300513074639.973.04
Ebl39113735109411.417121766536968.955.67
Bok16586712220835.7334842129094819.754.54
Citizens1103431037876.3230062522792931.894.82
Lumbini8061724811224.921509219841753.354.95
Sbi25621022279715.0046864339864017.564.4
Nabil50485945789810.269254078563508.064.3
NIB4913184626106.217044056796723.644.5
Siddartha14415210561136.4929564222588430.883.7
Machhapuchare19035567403182.4134330221048763.104.57
Mega80945101861-20.531970211954210.823.48
janta21362-59826-135.7113851811978115.642.06
SCB3497723342054.66498051526161-5.345.97
sanima1309258630951.6924499216755146.224.6
NIC Asia1542631449486.434077884008621.733.27
Nepal bank269199211441173.1759648943832736.083.36
prabhu bank-116832-27440325.7724712215019764.534.14
kumari bank3283646463-29.3317977915763414.051.12
sunrise95025932351.922355262222575.974.76
prime16163712374130.6333060917718986.593.45
century355692393048.6413652567370102.654.38
agriculture215063237071-9.28108130410580932.197.28
laxmi bank553305190966.0919244959430223.823.5
NBB46636141591-67.06156900194530-19.343.92
Grand-28063057409-588.83-33136512-100.025.64
Himalayan26863017350454.8359037750629016.614.74

नाफामा गुणात्मक बृद्धि लक्ष्मी बैंकले गरेको छ। बैंकको नाफा ११ गुणाले बढेर पाँच करोड ५३ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमइमा मर्ज भइसकेका कम्पनीहरुको वित्तीय विवरण भने गत आवको वित्तीय विवरणमा जोडिएको देखिदैन, जसले गर्दा वित्तीय विरण तुलना गर्दा तथ्यांक फरक पर्न जान्छ। 
 
रकमको आधारमा भने सबैभन्दा धेरै नाफा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको छ।  नबिलले ५० करोड ४८ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्टले ४९ करोड १३ लाख रुपैयाँ नाफा छ। 
 
'वाणिज्य बैंकहरुको परफरमेन्स राम्रै देखिएको छ, तरलता उच्च छ भनिरहँदा पनि बैंकहरुको नाफा वृद्धिदर सन्तोषजनक छ,' हिमालयन बैंकका प्रमूख कर्यकारी अधिकृत अशोक राणाले भने। उनका अनुसार, अहिले बैंकहरुको कर्जा बढिरहेको र व्याजदर धेरै नघटेकाले व्यावसयमा प्रगति देखिएको छ। 
 
बैंकहरुको निक्षेप २० प्रतिशतले बढेर १० खर्ब ९७ करोड र कर्जा २५ प्रतिशतले बढेर आठ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। 
 
बैंकहरुले कुल कर्जाको ७.२१ प्रतिशत रकम रियल इस्टेट क्षेत्रमा लगानी गरेका छन्। बैंकहरुको यो क्षेत्रमा कुल लगानी ९.४५ प्रतिशतले बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। 

Bank Real estate
(Rs.000)
Margin lending
(Rs.000)
base rate % EPS (Rs)PE RatioROE 
Global IME1733930.0563370.011.217.839.013.5
Nmb1289748130229.07.7828.5617.7518.25
Ncc95285830008.820.9820.2111.29
Ebl26365795205156.0777.5524.6429.31
Bok965451655427.0931.2918.0218.13
Citizens2945942771250.07.5918.5524.4215.39
Lumbini14563082192838.1616.1220.9116.12
Sbi17252510.08.1738.725.722.0
Nabil4926795.00.05.8165.735.624.0
NIB4483350.063213.06.4941.218.623.4
Siddartha3295320.0295382.07.8528.424.718.3
Machhapuchare23333691776167.6927.4317.680
Mega3566770.07.773.4728.9711.5
janta937771755420.08.354.15653.76
SCB144049305.2862.333.6325.73
sanima1010785454380.07.920.224.317.3
NIC Asia282880820081657.3526.693012.27
Nepal bank187727012364147.2727.1514.3626.97
prabhu bank26008037720728.22-3.640-4.19
kumari bank20616396754478.3316.5834.381.02
sunrise20265561417158.316.9922.9512.82
prime387851515672587.8524.520.917.18
century7122233972038.497.111586.36
agriculture55749209.4314.8134.565.04
laxmi bank14935492587938.078.9569.166.54
NBB1398400808708.247.67754.49
Grand2440329350568.76  -380
Himalayan26031214130597.3337.0823.4617.02

बैंकहरुको सेयर धितोमा कर्जा पनि ८६ प्रतिशतले बढेर ११ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। कुल कर्जाको तुलनामा यो रकम १.२८ प्रतिशत मात्र हो। 
 
बैंकहरुको खुद व्याज आम्दानी १८.१२ प्रतिशतले बढेर १० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अधिकांश बैंकको व्याज लागत पनि घटेको देखिन्छ। नेपाल बंगलादेश बैंकको १९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको पाँच प्रतिशतले व्याज आम्दानी घटेको छ। मेगा बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो आम्दानी निकै कम दरले बढेको छ। 

Bank (Rs.000)Paid upReserveOperating profitProvisionWrite Back
Global IME5011600157407133051613555515845.0
Nmb200000012088781945871804417495
Ncc14700001289069918823206837937
Ebl21373883710897611918340420
Bok21202121594214253742180044522
Citizens2379540488078165883967190
Lumbini2000833627231614196001330761
Sbi265020623279433882723293913269.0
Nabil365660258605427839361492851447.0
NIB47687143648083538720197912235793.0
Siddartha20311801113866202761467630.0
Machhapuchare27762506497501968105406618691
Mega2330000513000126977248100
janta2060000168590-2107610165353845
SCB224583931920234866003885557899
sanima255024041408220320527966599
NIC Asia265828523690102207989897319757
Nepal bank6455002-23297544036491802320941
prabhu bank3208885-419775-323130411894196836
kumari bank243168256776142440910228137
sunrise2349428617535140758225739415
prime2638699116627120622010070247780
century200000027362552514459663475
agriculture96368006310638136198316491154151
laxmi bank2337966888360678471324200
NBB24313691725506505347391322687
Grand2000000-1704243-33647729257155847
Himalayan28980003644846415013602150

बैंकहरुको खुद व्याज आम्दानीमा सुधार भएपछि पुँजी लागत (कस्ट अफ फन्ड) पनि घटेको छ। औसतमा २८ कम्पनीको पुँजी लागत ४.५२ प्रतिशत छ। ग्राण्ड बैंकको यस्तो लागत सबैभन्दा धेरै सात प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको सबैभन्दा कम २.१ प्रतिशत छ। 
 
अघिल्लो बर्ष बैंकहरुले राइट ब्याकका कारण नाफा बढाए पनि यसपटक त्यस्तो देखिएको छैन। आठ वटाले राइट ब्याक रकम बढाएका छन् भने १० वटाको घटेको छ। जनता, एनआइसी एसिया र प्रभु बैंकले पनि यसपटक राइट ब्याक गरेको देखिन्छ। बैंकहरुको जोखिम वापत हर्जाना रकम ११ प्रतिशतले बढेको छ। बैंकहरुले यसअघि दुई अर्ब ५० करोड रुपैयाँ यस्तो व्यवस्था अर्न्तगत रकम छुट्याएकोमा यसपटक दुई अर्ब ८० करोड रुपैयाँ पुर्याएका छन।
 
कुल कर्जामा खराब कर्जाको हिस्सा सबैभन्दा धेरै हुनेमा ग्राण्ड र प्रभु बैंक रहेका छन। बैंकहरुको क्रमश २५ र १५ प्रतिशत खराब कर्जा छ। 
copy pest:विजयराज खनाल/बिजमाण्डू